×

NEPAL TIMES UPDATES

Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026
Playing
रविलाई अमेरिकी दूतको फोन, नयाँ सरकारसँग चीनले सहकार्य गर्ने || Nepal Times
Mar 25, 2026
Playing
Top 15 Afternoon News || Mar-25-2026 || Nepal Times
Mar 25, 2026
Playing
इरान र इजरेलबीच आक्रमण जारी, खाडी देशहरूमा पनि हमला|| Nepal Times
Mar 25, 2026
Playing
लारिजानीको ठाउँमा नयाँ सुरक्षा प्रमुख, Kuwait को एयरपोर्टमा ड्रोन हम ला || Nepal Times
Mar 25, 2026
Playing
कहिले मैदानमा फर्किन्छिन् साम्बा ?घुँडाको शल्यक्रिया सफल|| Nepal Times
Mar 25, 2026
Playing
४५ सांसदले १७ मातृभाषामा शपथ लिने, कसको कुन भाषामा सपथ ?|| Nepal Times
Mar 25, 2026
Playing
तेहरानमा १२ मा रिए,ट्र म्पको स्टा टसले तेलबजारमा हलचल,यु द्ध लम्ब्याउन उक्सादै|| Nepal Times
Mar 25, 2026
Playing
संघीयताको मर्ममाथि मुख्यमन्त्री कार्कीको ’मजाक’ || Nepal Times
Mar 25, 2026
Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026
Playing
World News: वार्ता भएको छैन, हाम्रो चेतावनीले ट्रम्प ब्याक डाउन भएः इरान|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती || Nepal Times
Mar 24, 2026
Playing
Top 15 Afternoon News || Mar-24-2026 || Nepal Times
Mar 24, 2026
Playing
America को तेल रिफाइनरीमा ठूलो वि स्फो ट, टेक्सास शहर हल्लि यो || Nepal Times
Mar 24, 2026

साढे चार लाखमा पेशेवर अपराधी लगाएर श्रीमानको हत्या, यसरी बनाइन् योजना

७ भाद्र २०७६

७ भदौ, काठमाडौं । महोत्तरी बर्दिबास–३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको शव बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो ।

घटनाको एक महिनापछि सरोजको हत्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएकोे पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

Advertisement

 ‘गम्छामा ढुंगा बाँधेर सरोजको टाउको पछाडि हिर्काएर हत्या गरेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ’, उनले भने, ‘सरोजको हत्या गर्न साढे ४ लाखमा डिल भएको रहेछ ।’ भाडाका व्यक्तिले अढाई लाख नगद लिइसकेको पाइएको उनले बताए ।

प्रहरीले चार अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । एक जना फरार छन् । सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका २७ वर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ वर्षीय मुकेश साह, रौतहट गढीमाई नगरपालिका–६ बखरीटोलका ३३ वर्षीय जिल्ला भनिने श्रीनारायण महरा र ४६ वर्षीय टीआई सहनीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी बर्दिबासका डीएसपी निशान थापाले बताए । प्रहरीले घटना अनुसन्धानका क्रममा ६० जानसँग सोधपुछ गरेको थियो ।

सरोजका काका टंकविक्रमले पत्नी पूजा, सासू लक्ष्मी बस्नेत, साली र अन्य गरी १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । पूजा, लक्ष्मीलगायत फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी बर्दिबाससहितको प्रहरी टोलीले एक महिना लगाएर घटनाको सत्यतथ्य बाहिर ल्याएको हो ।

सरोजले धनुषाको बाहुनमाराकी पूजासँग डेढ दशकअघि बिहे गरेका थिए । उनीहरूका छोरा र छोरी छन् । यहीबीच सरोज मलेसियामा चार वर्ष बसेका थिए । प्रहरी अनुसन्धानका अनुसार पत्नीसँग उनको बेलाबेला विवाद हुन्थ्यो । पछिल्लो समय घर बनाउन २२ लाखमा जग्गा बिक्री गरेपछि विवाद चर्किएको थियो । जग्गाको रकम हात पार्न पूजाले एक महिनाअघि पतिको हत्या योजना बनाएको खुलेको छ ।

घटनाक्रमअनुसार पूजाले बहिनी कोपिलाका देवर प्रमोदलाई मान्छे खोज्न लगाइन् । प्रमोदले साथी मुकेशसँग मिलेर बनाएको योजनामा श्रीनारायण जोडिए । मुकेशको गाउँमा परिवारिक सम्बन्ध रहेछ, श्रीनारायणको ।

सर्लाही आउजाउ गर्दा मुकेशसँग चिनजान बढेको थियो । श्रीनारायणले आफ्नै गाउँका टीआई र अन्य एक जनालाई घटनामा सामेल गराएको प्रहरीले जनाएको छ । टीआई विगतमा भूमिगत समूहमा संलग्न थिए ।

‘खोज्दै जाँदा सरोजले जग्गा बिक्री गरेको र केही पैसा भएको थाहा पायौं । केही पैसा पत्नीसँग भएको र अरू ठेगान नभएको खुल्यो’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘पति र पत्नीको झगडाबीच जब ठूलो पैसा छैन भन्ने थाहा भयो, त्यहींबाट अनुसन्धान सुरु गर्‍यौं ।’

सरोजको फोन सम्पर्क सालीका देवर प्रमोदसँग भएको र घटनाका दिन अभियुक्त बर्दिबास आएको भेटिएको प्रहरीले जनाएको छ । प्रमोद पक्राउ परेपछि पूजाले पतिको हत्या गर्न भाडाको अपराधी प्रयोग गरेको खुलेको हो ।

दुर्घटनाको रूप दिए पनि छिपेन अपराध

सरोज स्कुटरसँगै पल्टिएको अवस्थामा भेटिएका थिए । टाउकोबाट रगत बगिरहेको थियो । अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो । ‘उनको मृत्यु दुर्घटनाबाट भएको देखिन्थ्यो । हामीले दुर्घटनाकै दृष्टिकोणबाट अनुसन्धान ग¥यौं’, एसपी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्टपछि घटना रहस्यमय जस्तो लाग्यो । हत्या भएको हुन सक्ने कोणबाट अनुसन्धान मोडियो ।’

सरोज घटनाको दिन स्कुटर नामसारी गर्न जनकपुर गएका थिए । उनका काका टंकविक्रमका अनुसार त्यही बेला पूजाले छोरालाई गौरीडाँडास्थित फुपूको घरमा छाडिन् । छोरीलाई लिएर धनुषाको बाहुनमारामा माइत गइन् । आमा लक्ष्मी बस्नेतसँग भाले बलि दिएर रातु पूजा गरिन् । पूजा र आमा भालेको मासु लिएर बर्दिबास फर्किए । छोरीलाई त्यतै छाडिन् ।

Advertisement

पत्नी र सासूले सरोजलाई मासु र रक्सी खुवाए । राति छोरी बिरामी भएको खबर बाहुनमाराबाट सालीले गरेपछि सरोज स्कुटर लिएर त्यता हिँडेका थिए । त्यता जाँदै गर्दा बाटो छेकेर भाडाका अपराधीले राति साढे १० बजे उनको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘उनीहरूले टाउको पछाडि ढुंगाले हिर्काएर सरोजको हत्या गरे’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने । अन्नपूर्ण पोष्टबाट

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top