७ भदौ, एजेन्सी ।
चिनको चारदिने भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई सफल बनाउन नेपाल तयार रहेको बताएका छन् ।
बीआरआई विरुद्धमा दक्षिण एसियामा सञ्चालित बिभिन्न अभियानविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको पनि उनले बताएका छन् । चिनमा ‘गुआंग्डोंग २१ औं शताब्दी म्यारी टाइम सिल्करोड अन्तराष्ट्रिय एक्स्पो’लाई सम्बोधनको क्रममा खनालले सो धारणा राखेका हुन् ।
उनले बीआरआईविरुद्ध कस्ता गतिविधि भइरहेका छन् भन्ने कुरा भने खुलाएनन् । चीनको महत्वाकांक्षी योजना बीआरआईलाई सफल हुन नदिन अमेरिकाले ‘इन्डो प्यासिफिक’ योजना अघि सारेको छ ।