×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतलाई पाकिस्तानको चेतावनी- औंला उठाए हात भाँचिदिन्छौं, मुक्का देखाए दाँत झारिदिन्छौं

९ भाद्र २०७६

९ भदौ, एजेन्सी । कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीच बढ्दो तनाव घट्ने कुनै संकेत देखिएको छ । बरु, राजनीतिक स्तरमा दुवै मुलुकका नेताहरु उत्तेजित हुँदै प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

यसै क्रममा आइतबार लाहोरमा पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले भने, ‘नरेन्द्र मोदी फासीवादी हुन्, दोस्रो पटक चुनाव जितेर आएपछि उनी केही बढी नै घमण्डी भएका छन् ।’

उनले क्षेत्रीय स्तरमा भारतले शान्ति चाहेमा आफूहरु शान्तिकै पक्षमा रहने र युद्ध चाहेमा आफूहरु पनि तयार रहेको चेतावनीसमेत दिए । ‘जस्तोसूकै परिस्थितिका लागि हामी तयार छौं,’ उनले भने, ‘हामीतिर औंला उठाउने हो भने हामी हात भाँचिदिन्छौं, मुक्का देखाउँछौं भने दाँत झारिदिन्छौं ।’

उनले पाकिस्तानी कुटनीतिक गतिविधि सही दिशातिर गइरहेको जिकिर गर्दै उनले संयुक्त राष्ट्रसंघमा पाकिस्तानले यो विषयलाई जोडदार रुपमा उठाउने बताए ।

यसअघि पाकिस्तानका रेलमन्त्री शेख रासिदले आइतबार पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फरावादमा पत्रकारहरुसँग कुरा गर्दै भारतले पाकिस्तानमाथि हमला गरेमा उपमहाद्वीपमा भारतको नक्सा नै परिवर्तन हुने चेतावनी दिएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top