×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निषेधाज्ञापछि चितवन भरतपुर शान्त, रविको बयान जारी

९ भाद्र २०७६

९ भदौ, चितवन । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि सोमबार चितवनको भरतपुर शान्त छ ।

पछिल्ला केही दिन यता रवि लामिछानेका समर्थकहरुले दिनहुँ सडकमा प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

Advertisement
Advertisement

निषेधाज्ञापछि सोमबार भरतपुर शान्त देखिएको छ । रवि लामिछाने निर्दोस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका थिए ।

प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी मध्ये दुईजनाको बयान लिने कार्य सकिएको छ । जिल्ला अदालत चितवनमा युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि अहिले रवि लामिछानेको बयान लिने कार्य भइरहेको छ ।

तीनजना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइएको थियो भने बिहान १० बजेपछि कँडेलको बयान लिन थालिएको थियो ।

अब रवि लामिछानेको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

Advertisement

तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top