×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लामिछाने र ढुंगेलको बयान बाझियो

९ भाद्र २०७६

९ भदौ,चितवन ।

पत्रकार शालिकराम पुडासैनी दुरुत्साहन अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका पत्रकार रवि लामिछाने र अनिल ढुंगेलको बयान बाझिएको छ ।

प्रहरीसँगको बयानमा रविले शालिकरामकी प्रेमिका भनिएकी अस्मितालाई नचिनेको बताएका छन् । रविले बयानमा ‘रुकु’ भन्ने अस्मितालाई चितवनको थुनुवा कक्षमा मात्रै चिनेको बताएका हुन् ।

रविले आत्महत्याको दुई, तीन दिनअघि अस्मिता न्युज २४ को कार्यालयमा आएको र क्यामराम्यान अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।

यता ढुंगेलले बयानको क्रममा रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बताएका छन् ।

शालिकलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् ।

पछि पनि अस्मिताले मलाई १–२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान समेत आग्रह गरेको उनले बताएका छन् ।

बयानमा उनले शालिकरामले आत्महत्या गरेको भोलिपल्ट २ः३० बजे दीपक बोहरा र रवि आफै अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताएका छन् ।

यता, अस्मिताले पनि घटनापछि आफूलाई न्यूज२४ बाट भिडियो बाइट दिनका लागि पटक–पटक फोन आउने गरेको बताएकी छिन् ।

बयानमा अस्मिताले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्ने क्याम्याराम्यान अनिल ढुंगेललाई भेटि शालिकरामले दुःख दिएको घटनाबारे जानकारी गराएको भनेकी छन् ।

सो क्रममा अनिललाई अस्मिताले रवि लामिछानेसमेतलाई यो कुरा जानकारी गराइदिन भनेको र शालिकरामसँग भएका म्यासेजका केही स्क्रिनसटहरु समेत अनिललाई दिएको उल्लेख गरेकी छिन् ।

‘सो विषयमा निज अनिल ढुंगेलले प्रतिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए, मृतकसँग सम्बन्ध बिग्रपछि मैले अनिल ढुंगेललाई शालिकराम र मेरोबीचको मेसेज तथा अन्य कुराकानी सेयर गरिदिएकी थिएँ र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछानेले सो सम्बन्धमा सल्लाह गरी पुडासैनी हतोत्साहित हुने किसिमले केही कुरा भनेको या गरेको हुनपर्छ’ अस्मिताको बयानमा आधारित अभियोगपत्रको पृष्ठ नम्बर १३ मा भनिएको छ ।

अस्मिताले सोही कारणबाटै शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्ने बयान दिएकाले उनको कारणबाट समेत आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top