सरकारको महत्त्वाकांक्षी योजनाः तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली

१० भदौ ७६, मंगलबार
Share this
742shares

१० भदौ, काठमाडौं। सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्गनिर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो ।

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उद्घोष गरेका छन् । ‘हामीले सन् २०२२ सम्म सम्पूर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुर्याउने योजनासहित काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top