१० भदौ, काठमाडौं ।
फेड्वासन वास टेलिभिजन पत्रकारिता पुरस्कार’ बाट पत्रकारहरु सम्मानित भएका छन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको १७ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
फेड्वासन वास पत्रकारिता पुरस्कारबाट टेलिभिजन तर्फ जनता टेलिभिजनका पत्रकार रामकुमार एलन , रेडियो तर्फ सिआइएनका राजन रुचाल, अनलाइन तर्फ लोकान्तर डटकमका गगन अर्याल र पत्रिका तर्फ कान्तिपुर दैनिकका वसन्त प्रकाश सिंह पुरस्कृत भएका हुन ।
पुरस्कृत पत्रकारलाई सांसद आशा विकले पुरस्कार र प्रमाण पत्र वितरण गरेकी थिइन ।