सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा

११ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वाेच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि इजलासमा पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ ।

यी त प्रतिनिधि मुद्दा मात्रै हुन् । २०७१ सालदेखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । सामाजिक सुरक्षा भत्ता अनियमितता गरी भ्रष्टाचार गरेको सो मुद्दाको पेसी ७ असोजका लागि तोकिएको छ ।

प्र्र्राथमिक विद्यालयको रकम लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेकी नर्बदा भट्टराई, डिल्लीराम भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इसुफ मियाँलाई विपक्षी बनाएर दायर रिट दुई वर्षदेखि अदालतमा अल्झिरहेको छ । उनीहरूको मुद्दामा आठपटक पेसी तोकेर हेर्न नभ्याउने सूचीमा राखिएको छ । पछिल्लो समय ३ असार २०७६ मा न्यायाधीश प्र्रकाशमानसिंह राउत र डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकेर बेन्च बस्न नभ्याएको उल्लेख भयो । अब अर्को पेसी ७ असोजका लागि तोकिएको छ ।

Advertisement

अदालतमा वर्षौंदेखि पेसी तोकेर हेर्न नभ्याउने, स्थगित हुने र बेन्च बस्न नभ्याएर पेसी सर्ने क्रमले विगत पाँच वर्षदेखि निरन्तरता पाउँदै आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा  निराजन पौडेलले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top