स्थानीय सरकारविरुद्ध इटा ब्यवसायी आन्दोलित

११ भदौ ७६, बुधबार
Share this
727shares

११ भदौ, काठमाडौं ।

Advertisement

स्थानीय सरकारले इटा उद्योगमा कडाई गरेसँगै ब्यवसायी आन्दोलित भएका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इटा उद्योग महासंघले स्थानीय सरकारले इटा उद्योगको दर्ता तथा नविकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इटा भट्टाको उद्योग नै भत्काएको भन्दै ब्यबसायी आन्दोलित भएका हुन् ।

Advertisement

केहि दिन अगाडी काभ्रेको नमोबुद्ध नगरपालिकाले इटा भट्टामा डोजर लगाएर भत्काए पछि ब्यबसाय धरापमा परेको भन्दै ब्यबसायी आन्दोलित भएका छन् ।

पत्रकार सम्मेलनमा इटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इटा उद्योग महासंघले बिध्यमान एननियमको अधिनमा रहेर कर तिर्ने सामाजिक उत्तर दायित्व बहनगर्ने ब्यबसायीको ब्यबसाय गर्ने हकको हनन हुने गरि अबरोध सृजना गरिएकोे बताए ।

Advertisement

स्थानीयतहको सरकारले उद्योग प्रतिष्ठानको विकास प्रवद्र्ध्न र संरक्षण गर्नु पर्नेमा उल्टो डोजर लगाएर सम्पत्ति हानि नोक्सानी गरेको भन्दै महासंघले छानविन गर्न माग गरेको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै २०७५ जेठ १४ बाट ईटा उद्योगको नविकरणको लागि स्थानीयतहको कार्यपालिकाको बैठकको सिफारिसले मात्रै उद्योग नविकरण हुने व्यवस्था गरेको छ ।

स्थानीयतहले इटा उद्योग लगायतको दर्ता नविकरण समेतको अधिकार प्रयोग गर्न थाले पछि विवाद बढ्दै गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top