मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ‘ह्वील लक’ र जरिवाना

मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ‘ह्वील लक’ र जरिवाना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको कार्बाहीमा परेको छ ।

महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कार्बाही गरेको हो । पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताएका छन् ।

उनका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ । ‘पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कार्बाही गरेको हो,’ उनले भने । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् । पन्तले उक्त सवारी मन्त्रीले नै चढ्ने गरेको खुलेको बताएका छन् ।

‘गृह मन्त्रालयमा दर्ता रहेको उक्त गाडी मन्त्रीले चढ्ने गरेको बुझियो,’ उनले थपे, ‘कसको भनी नाम नतोकौं, चालकको लापर्बाही हो । लापर्बाहीमा कार्बाही भइसकेको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.