१२ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्रमहल हातामा आदिवासी जनजातिको कार्यालय स्थापना भएको ११ महिना पुगिसकेको छ । दुईतले भवनको भुँइतलामा अध्यक्षसहित पाँच सदस्यका निम्ति कार्यकक्ष तयार गरिएका छन् ।
पदाधिकारी र सदस्यका निम्ति पाँच वटा ‘फोर्ड’ गाडी गत असारमै किनियो । कर्मचारी पनि छन् । आयोगका चालक धनबहादुर तामाङ प्रत्येक दिन कार्यालय आएर हरेक १५ मिनेट गाडी स्टार्ट गर्छन् ।
‘यसो नगरे नयाँ गाडी खियाँ लाग्छ’ बुधबार कार्यालय हातमा भेटिएका उनले भने,‘जुनसुकै बेला पदाधिकारी नियुक्त भएर आउनु हुन्छ भन्न सुनिन्छ । दुई महिनाभन्दा बढी भइसक्यो ।’ तर अहिलेसम्म पदाधिरकारी नियुक्त भएका छैनन् ।
त्यसै गरी अन्य आयोगको पनि अवस्था उस्तै छ । मधेसी, थारु र मुस्लिम आयोगमा अध्यक्ष मात्र नियुक्त भएका छन् । समावेशी आयोगमा अध्यक्ष र एक सदस्य नियुक्त गरिए पन अध्यक्षद्वारा राजीनामा गरिएको छ । कान्तिपुर दैनिकबाट