झन्डै तीन सय गाई भीरबाट खसालिए, २२ मृत फेला अन्य घाइते

झन्डै तीन सय गाई भीरबाट खसालिए, २२ मृत फेला अन्य घाइते

भदौ १३, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ।

नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो।

भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर रानाले यसबारे आफूलाई शुक्रबारमात्र जानकारी आएको र कसको जिम्मामा पठाइएको हो भन्नेबारे थाहा नभएको बताए।

वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको छ। बिहीबार राति गाडीमा ल्याइएका गाई भीरबाट फालिएको स्थानीयले बताएका छन्।

वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टका असई प्रमोदसिह‌ं ठकुरीका अनुसार गए राति ८ ट्रकमा गाई लिइएको थियो। तीमध्ये ४ ट्रक राति १२ बजेतिर नेपालगञ्ज फर्किन लागेका थिए। उनीहरूलाई फिर्ता गरेर जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा राखिएको छ।

यसबारे मुचुल्का उठाउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.