ओलीजीले जनयुद्धको भूमिका स्वीकार्नु भयो : प्रचण्ड

२९ माघ ७४, मंगलबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको सामाजिक र राजनीतिक भूमिका स्वीकारेको बताएका छन्।

Advertisement

पार्टी केन्द्रीय कार्यालयमा ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धका विषयमा सोमबार ओलीसँग छलफल भएको उल्लेख गरे।

दुई पार्टीका अध्यक्षबीच सोमबार जनताको बहुदलीय जनवाद र माओवादको संश्लेषण गरेर अगाडि बढ्ने र महाधिवेशनमा बेला टुङ्गोमा पुग्ने समझदारी भएको थियो।

Advertisement

‘हिजो मात्रै पार्टी एकता छलफलमा हुँदा एमाले अध्यक्ष ओलीले पनि के कुराको महत्व स्वीकार गर्नु भएको छ भने जनयुद्ध नेपालको सामाजिक राजनीतिक जागरणमा ऐतिहासिक भूमिका थियो र छ,’ प्रचण्डले भने।

माओवादीले २०५२ सालमा आजकै दिन पारेर सशस्त्र युद्ध सुरु गरेको थियो। माओवादीले हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउने गरेको छ।

Advertisement

दुई वाम पार्टीबीच एकताको विषयमा छलफल चलिरहेको र सम्भवत: आजै निर्णय हुने प्रचण्डले उल्लेख गरे।

‘आजको दिनमा जनयुद्ध दिवसमा पार्टी एकता टुङ्ग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेको छु। हाम्रो कोशिश छ। सकेसम्म आज नै टुङ्गोमा पुगोस्’, प्रचण्डले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top