झापामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु १७ घाईते

१३ भदौ ७६, शनिबार

१४ भदौ, झापा ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–१ जामुनबारी चौकमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १७ जना यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटरलाई सोही दिशाबाट गईरहेको मे १ ख ७२०४ नम्बरको सिमोन ट्राभल्स बसले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार भद्रपुर नगरपालिका–९ की २८ वर्षीया सुजन पाखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमनाथ अधिकारीले बताए ।

स्कुटरलाई ठक्कर दिएको बस अनियन्त्रित भएर सडक किनारमा पल्टिदाँ बसमा सवार इलाम महमाई–७ की ४६ वर्षीय रेनुका राई, महमाई नगरपालिका दानाबारीका ७ वर्षका प्रतिक गिरी, झापा अर्जुनधारा नगरपालिका–४ की ५५ वर्षीया यमकुमारी कोइराला, अर्जुनधारा–२ का २८ वर्षीय बिनोद भण्डारी, सिरहा गोलबजार–१ की जानुका मगर, इलाम माई नगरपालिका–१ की २४ वर्षीय प्रेमकुमारी प्रधान,

माई नगरपालिका– १ का ६ वर्षीय जोन प्रधान, माई नगरपालिका–२ की ३५ वर्षीया माया गिरी, माई नगरपालिका–७ की १६ वर्षीया मनिसा श्रेष्ठ, अर्जुनधारा नगरपालिका–९ की ६३ वर्षीया चन्द्रकला मिश्र, माई नगरपालिका–४ की २६ वर्षीया अनिता परियार, अर्जुनधारा–७ का १० वर्षीय ग्रिस सुवेदी, सोही ठाँउका ४५ वर्षीय बासुदेव सुवेदी, माई नगरपालिकाका २८ वर्षीय विशाल मगर,

बुद्धशान्ति गाँउपालिका–२ का ५० वर्षीय केदार अधिकारी, माई नगरपालिका–१ का दुई वर्षीया जोसना प्रधान र स्कुटरको पछाडी सवार अर्जुनधारा–१ का २८ वर्षीय विनोद भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते सबैको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top