१४ भदौ, एजेन्सी ।
आर्सनलका नाचो मोनरियल रियल सोसिडाडमा आबद्ध भएका छन् ।
आर्सनलमा ६ सिजन बिताएका मोनरियलले २ वर्षका लागि सोसिडाडमा सम्झौता गरेका हुन् । ३३ वर्षीय मोनरियलले आर्सनलले खेलेका पछिल्ला प्रिमियर लिगका तीन खेलमा खेलेका थिए । लिभरपुलसँग ३–१ ले पराजित भएपछि उनले आर्सनल छाड्न चाहेको बताएका थिए ।
मोनरियल २०१३ मा मलागाबाट उत्तरी लण्डन आएका थिए । मोनरियल सोसिडाडमा आबद्ध भए पनि सम्झौता रकमबारे केही पनि खुलाइएको छैन ।