वीपी जयन्तीमा कोशी अस्पतालमा सरसफाई

१३ भदौ ७६, शनिबार

१४ भदौ, विराटनगर ।

नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको १ सय ५ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार नेपाली कांग्रेस महानगर कार्यसमितिले वीपी जयन्तीका अवसरमा कोशी अस्पतालको सरसफाइ तथा विरामीलाई फलफुल वितरण गरेको छ । कार्यक्रममा कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले वीपीको योगदान र भनाइलाई कांग्रेसले आत्मसात गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

Advertisement

वीपीको विचार आज पनि उत्तिकै सान्र्दभिक रहेको बताउदै लिम्बूले कांग्रेसजन सबै एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए। फुटको राजनीतिबाट बाहिर निस्कदै पार्टी बलियो बनाउन सक्रिय नेतृत्वको आवश्यक्ता रहेको उनको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा कांग्रेस विराटनगर नगरका कार्यवहाक सभापति अरुण न्यौपानेले वीपीको कुरालाई आत्मसात गर्दै अघि बढे, कांग्रेसको भोलि सुखद रहेको बताए । यहाँ गुटको राजनीति भन्दामाथि उठेर नेताहरुले काम गर्नुपर्नेमा उनले जोड दिए ।

Advertisement

महानगरका मेयर भीम पराजुलीले वीपीको भनाईलाई कांग्रेससँगै नेपाली जनताले बिर्सन नहुने बताए । महानगरको विकासका क्रममा देखिएका कमीकमजोरीमा खबरदारी गर्नु, सुझाव सरसल्लाह दिनु आवश्यक रहेको उनले बताए ।

तत्कालीन समयमा करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध संघर्ष गरेका थिए ।

२०१५ सालमा भएको संसद्को निर्वाचनबाट कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । तथापि १०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले कोइरालाको सरकारलाई अपदस्थ गर्दै उनलाई २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा थुनेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top