अमेरिकामा बढ्यो बेरोजगारी

१४ भदौ, एजेन्सी । 

Advertisement

संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।

विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ। यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाई छ।

Advertisement

संयुक्तराज्य अमेरिकामा बेरोजगारी मापनको प्रमुख सूचक मानिएको यस तथ्याँकले रोजगारी गुमाउनेको संख्यामा वृद्धि नभएको देखाएको छ। अमेरिकामा बेरोजगारी भत्ता लिनेहरुको संख्या तीन लाखभन्दा कम रहेकाले अमेरिकी श्रम बजार निकै प्रतिस्पर्धी रहेको विभागको अनुमान छ।

अमेरिकी श्रम बजारमा रोजगारदाताहरुले जुलाई महिनामा मात्र एक लाख ६४ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भएका छन्। विभागका अनुसार अमेरिकी बेरोजगारी दर ३।७ प्रतिशतको हाराहारीमा रहेको छ। विभागले अगस्ट महिनाको बेरोजगारी दरसम्बन्धी प्रतिवेदन आगामी सेप्टेम्बर ६ मा सार्वजनिक गर्दैछ। सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top