६९ कामदार नेपाल फर्किन पाएनन्

१५ भदौ, काठमाडौं ।  यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन । कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् ।

Advertisement

आफूहरुलाई तीन महिनादेखि क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरुलाई काममा समेत लगाइएको छैन ।

पीडितले दुई महिनादेखि नै दूतावासलाई अनुरोध गर्दै आएको बताएका छन् । तर दूतावासले कम्पनीबाट पाउने सुविधा दिलाएर स्वदेश पठाउन समन्वय भइरहेको जनाएको छ । कान्तिपुर दैनिकबाट

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top