पुननिर्माणमा काठमाडौं पछाडि

१५ भदौ, काठमाडौं । भूकम्पले क्षति पु-याएका निजी घर पुनःनिर्माणमा काठमाडौं पछाडि परेको छ ।

Advertisement
राष्ट्रिय पुनःनिर्माण प्राधिकरयाको १४ जिल्लाको अनुदान सम्झौताको तथ्यांकअनुसार सबैभन्दा धेरै गोरखामा ९९ प्रतिशत सम्झौता भएको छ ।

सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुंगा र सिन्धुलीको ९७ प्रतिशत सम्झौता भएको छ ।

ललितपुरको ८८ प्रतिशत, काठमाडौंको ८७ प्रतिशत, भक्तपुरको ८६ प्रतिशत र मकवानपुरको ८१ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ । बाँकी जिल्लाको अवस्था ९० प्रतिशतभन्दा माथि छ ।

Advertisement

काठमाडौंमा अनुदानको पहिलो किस्ताको सम्झौता ठिकै देखिए पनि दोस्रो र तेस्रो किस्ता बापतको रकम भुक्तानको अवस्था कमजोर देखिएको हो ।

 यो समाचार अन्नपूर्ण पोष्ट मा उपेन्द्र अर्यालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top