बार्सिलोना बराबरीमा रोकियो

१५ भदौ ७६, आइतबार

१५ भदौ, एजेन्सी ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । ओसासुनाको घरेलु मैदान अवेमा बार्सिलोना २–२ को बराबरीमा रोकिएको हो ।

Advertisement

ला लिगा फुटबलमा खराब प्रदर्शन गर्दै लियोनल मेस्सीको टिम बार्सिलोना अंक बाँड्न बाध्य भएको हो । सातौँ मिनेटमा रोबर्टो टोरेजको गोलबाट ओसासुनाले अग्रता लियो ।

५१ औँ मिनेटमा अन्सु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरे । १६ वर्षका फाती ला लिगामा गोल गर्ने बार्सिलोनाका कम उमेरका खेलाडी बनेका छन् ।

Advertisement

६४ औँ मिनेटमा आर्थर गोल गरेर बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा टोरजले गोल गरेपछि ओसासुनाले २–२ को बराबरी बनायो ।

Advertisement

बराबरीपछि सातौँ स्थानको बार्सिलोनाको तीन खेलबाट चार अंक भएको छ । पाँच अंकसहित ओसासुना पाँचौँ स्थानमा छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा लेभान्टेले रियल भालाडोलिडलाई २–० तथा रियल बेटिसले लेगानेसलाई २–१ ले पराजित गरेको छ । यस्तै गेटाफे र एलाभेसले १–१ को बराबरी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top