म्यानचेस्टर सिटीको शानदार जित

१४ भदौ ७६, आइतबार

१५ भदौ, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा शनिबारको खेल पनि जितेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको दोस्रो मिनेटमा नै केविन डी ब्राउनको गोलबाट सिटीले सुरुवाति अग्रता लियो । उसका लागि ४२ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरे ।

Advertisement

पहिलो हाफमा २–० को अग्रता लिएको सिटीका लागि ५५ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता थप बलियो बनाए । ७९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले ४–० को जित निश्चित गरेको हो । चार खेलबाट १० अंक जोडेको सिटी दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई ३–१ तथा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top