केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द

१४ भदौ ७६, आइतबार

१५ भदौ, काठमाडौँ ।
काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् ।

नेपाल राष्ट्र बैंकले केही बैंकको एटिएम सिस्टममा खराबी आएको सूचना प्राप्त भएको जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकका एटिएममा समस्या आएको जानकारी प्राप्त भएको तर राष्ट्र बैंकले सुरक्षाका लागि एटिएम बन्द गर्न निर्देशन भने नदिएको बताए ।

Advertisement

‘केही बैंकहरुको एटिएममा समस्या भएको सूचना आएको छ । समस्या भएकाहरुले बन्द गरेका हुन सक्छन् तर राष्ट्र बैंकले कसैलाई बन्द गर्न निर्देशन दिएको छैन’ निरौलाले भने ‘ह्याकरले एटिएम निशानामा पारेकोबारे छलफल भने भइरहेको छ ।’

काठमाडौँको दरबारमार्गस्थित एटिएमबाट नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पाँचजना चिनियाँ नागरिक पक्राउ परिसकेका छन् ।

Advertisement

शनिबार साँझ बैंकको १ करोड २६ लाख रकम झिकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँ का डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए । एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए । केही शंकास्पद गतिबिधि समेत देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको बुझिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top