शंकर पोखरेल र शेरधन राईले मुख्यमन्त्रीको सपथ लिँदै

२ फागुन ७४, बुधबार
Share this
746shares

प्रदेश नम्बर ५ मा मुख्यमन्त्री नियुक्त शंकर पोखरेल र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त शेरधन राईले आज (बुधबार) मुख्यमन्त्रीको सपथ लिने भएका छन्।

Advertisement

दुवै प्रदेशमा आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी समेत गरिएको छ। दुवै जना एमाले नेता हुन्। पोखरेल र राई दुवैले केन्द्र सरकारमा विगतमा सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका थिए।

प्रदेश ५ मा माओवादी र एमालेको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश १ मा भने एमालेको एकल बहुमत छ। एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति निर्वाचन अघि नै भएको थियो। राई भने एमाले सचिव भीम आचार्यसँग संसदीय दलको नेताको प्रतिष्पर्धामा विजयी भएका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top