×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गम्भीर विरामी रहेका दुई पत्रकारलाई आर्थिक सहयोग

१५ भाद्र २०७६

१५ भदौ, नेपालगञ्ज ।
शहरी विकास मन्त्री मो. इस्तियाक राईले गम्भीर विरामी रहेका दुई पत्रकारलाई आर्थिक सहयोग गरेका छन् ।

लामो समयदेखि बाँकेमा बसेर पत्रकारिता गरेका रेशम विरही र सुर्खेतका पत्रकार डिलप्रकाश शर्मालाई मन्त्री राईले व्यक्तिगत रुपमा पचास–पचास हजार सहयोग गरेका हुन् ।

Advertisement
Advertisement

गृहनगर नेपालगञ्ज आएको मौका पारेर आइतबार बिहान मन्त्री राईले सहयोग हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलाई पैसा हस्तान्तरण गरिएको हो ।

बाँके जिल्लामा बसेर लामो समयसम्म पत्रकारिता र यही कै सदस्य रहेका विरही क्यान्सर पीडित छन् । पछिल्लो समय चितवनमा बस्दै आएका उनलाई नेपाल पत्रकार महासंघ, बाँकेले सहयोग गर्दै आएको छ ।

महासंघ बाँकेका अध्यक्ष थारुले करिव दुई लाख रुपैयाँ पठाइसकिएको जानकारी दिए । महासंघका सदस्य तथा सहयोगीदाताबाट संकलन गरेर उक्त रकम पठाइएको थियो । अध्यक्ष थारुले मन्त्री राईले दिएको रकम आज नै पठाइने जानकारी दिए ।

Advertisement
Advertisement

त्यस्तै सुर्खेतका पत्रकार शर्मालाई आज नै पैसा पठाइने महासंघका अध्यक्ष थारुले बताए । महासंघ बाँकेले मन्त्री राईसमक्ष विरही र शर्माको नाम नै लेखेर आर्थिक सहयोग गरिदिन पत्र पठाएको थियो ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top