१५ भदौ,विराटनगर ।
विराटनगर स्थित दिव्य ज्योति अस्पतालले सुनसरीको देवानगंजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिका ७ सिनवारीमा शनिबार आयोजना गरिएको निशुल्क आँखा तथा नाक, कान, घाँटी शिविरमा २ सय ४५ जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविरमा आएका मध्ये आँखाको अपरेशन गर्नुपर्ने विरामीहरुलाई विशेष छुटमा विराटनगर ल्याएर शल्लक्रिया समेत गरिदिएको अस्पतालले जनाएको छ । शिविरमा आएका सामान्य विरामीहरुलाई औषधि समेत वितरण गरिएको थियो ।
दिव्य ज्योतिले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर हप्तैपिच्छे विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।