वनलाई संघीय सरकार मातहत राख्ने प्रावधानप्रति कांग्रेसको आपत्ति

१५ भदौ ७६, सोमबार

भदौ १६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले वनको व्यवस्थापनमा संघीय सरकारले हस्तक्षेप गर्ने गरी सो विधेयकको सैद्धान्तिक अवधारणा आएको दावी गर्दै आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले वनको संरक्षणको लागि सुरक्षाकर्मी परिचालन गर्ने कुरा संघीय सरकारले मातहत रहने गरी कानुन बनाउन खोजिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरे ।

सांसद अधिकारीले संघीयतमा गएपछि वन व्यवस्थापनको सम्पूर्ण अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक व्यवस्था विपरित सरकारले सो विधेयक ल्याएको दावी गर्दै मान्य नहुने अडान पनि राखे ।

यता, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले भने सुरक्षाकर्मीहरु संघीय सरकारको मातहत हुने भएकाले वन व्यवस्थाका लागि उनीहरुलाई परिचालन गर्ने अधिकार संघीय सरकारले नै गर्नेगरी कानुनी व्यवस्था गर्न लागिएको स्पष्टिकरण दिए । उनले वन संरक्षण संवेदनशील विषय भएकाले यसको संरक्षणका लागि विशेष व्यवस्था गरेर अघि बढनुपर्नेमा पनि जोड दिए ।

विधेयकमा वन रक्षकको रुपमा आवश्यक्ताका आधारमा सबै सुरक्षा निकाय परिचालन गर्ने प्रस्ताव पनि गरिएको छ । तर त्यो संघीय सरकारद्धारा निर्देशित हुन नहुने प्रमुख प्रतिपक्ष कांग्रेस सांसद अधिकारीको अडान छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top