भन्सारका कर्मचारीको मिलेमतोमा पूरानो बिलबाट तरकारी आयात

१६ भदौ ७६, मंगलबार

भदौ १७, विराटनगर । दुईसाता बढी पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयात गर्न लागिएको तरकारी मोरङ प्रहरीले विराटनगरबाट बरामद गरेको छ ।

धारतीय बजार जोगबनीबाट विराटनगरतर्फ ल्याइदै गरेको ६ सय केजी तरकारी प्रहरीले मंगलबार बिहान बरामद गरेको हो । दुईसाता बढी पूरानो बिषादि परीक्षणको प्रमाणपत्र र बिलको आधारमा ब्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

बरामद गरिएका तरकारी विराटनगर भन्सार कार्याललाई बुझाइएको उनले बताए । विराट आँखा अस्पताल नजिकैबाट प्रहरीले ४ वटा ठेलामा लोड गरिएको परवल,गोलभेडा,चटेल र खुर्सानी नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको तरकारीको साउन ३० गते बिल काटिएको छ भने साउन ३१ गते विर्तामोडस्थित विषादी अवशेष द्र्रुत विश्लेषण प्रयोगशाला इकाईबाट बिषादी परीक्षण गरिएको प्रमाणपत्र तरकारी ल्याउदै गरेको ठेलाचालकसंग भेटिएको छ ।

बिल र बिषादीको प्रमाणपत्र दुईसाता पूरानो भएपनि विराटनगर भन्सार कार्यालयले भने मंगलबारको मितिमा नियमानुुसारको राजश्व लिएर तरकारी नेपालतर्फ ल्याउन अनुमति दिएको देखिएको छ ।

विराटनगरस्थित राम ट्रेडर्सको नाममा सो तरकारी आयात गरिएको बरामद तरकारीको बिलमा उल्लेख छ । बरामद गरिएका तरकारी र बिलमा उल्लेख गरिएको परिमाण समेत फरकफरक छ । बिलमा कांक्रा,हरियो खोर्सानी र ओल उल्लेख नगरिएको भएपनि ती सामाग्रिहरु समेत ठेलामा लोड रहेको भेटिएको छ ।

ब्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा एउटै बिल र प्रमाणपत्र देखाएर कयौं पटकसम्म तरकारी लगायतका सामाग्र्री ओसार्ने गरिएको सरोकारवालाले यसअघि देखिनै दाबी गर्दै आएका छन । यता भन्सार प्रशासनले भने भिडभाडका कारण विलमा अन्जानमा हस्ताक्षर भएको भन्दै मिलेमतो नभएको प्रष्ट पारेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top