×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

आँखाको चालमा इन्टरनेटमा भाइरल भइन् भारतीय एक युवती

२ फाल्गुन २०७४

प्रिया प्रकाश भरियरको पहिलो फिल्मले रिलिज मिति कुर्दै छ । तर अहिले उनको चर्चा इन्टरनेटमा व्यापक भइरहेको छ । ‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मबाट उनले डब्यु गर्दै छिन् ।

उक्त फिल्मको सार्वजनिक एक गीतमा उनले गरेको आँखाको हाउभाउले उनलाई चर्चामा ल्याएको हो । उनको हाउभाउ अहिले इन्टरनेटमा व्यापक सेयर भइरहेको छ । सो क्लिप्स भाइरल भएपछि अहिले उनको इनबक्स प्रेम प्रस्तावले भरिएको उनले बताइन् ।

Advertisement
Advertisement

“म धेरै खुसी छु । मलाई यत्रो माया कसरी सम्हालुँ भइरहेको छ । यो सपनाजस्तो भइरहेको छ ।” प्रियाले भनिन्–  “म अहिलेको यो अवस्था बयान गर्न असमर्थ छु । मैले यो कहिले पनि सोचेको थिइनँ ।”

फिल्ममा सानो रोलका लागि अनुबन्ध भएकी यी अठार वर्षीया पात्र नयाँ प्रख्यातिपछि अब प्रमुख पात्रका रूपमा देखिने छिन् । रोचक पक्ष फिल्ममा उनले निभाउने पात्रको नाम पनि प्रिया नै रहेको छ ।

प्रियाको फ्यान मिनेटको दरमा बढिरहेका छन् । गीतमा उनी आफ्ना आखीभौँ एकपछि अर्को उठाएपछि आँखा झिम्क्याएको देखाइएको छ । त्यसपछि उनको अनुहारमा छाउने लजालु मुस्कानले उनमा एक स्वभाविक आकर्षण पैदा गर्छ । उनले भनिन्– “निर्देशकले मलाई निश्चित हिसाबले आँखीभाँै नचाउन भनेका थिए । यो उत्तरी केरलाको परम्परागत एक गीत हो र त्यहाँ एउटा दृश्यमा केटा र केटी आँखाको हाउभाउबाट सञ्चार गरिरहेका हुन्छन् । भनिए अनुरूप मैले गरेकी मात्र हुँ ।” प्रियाले भनिन् । यति भनेर उनले आफूलाई भ्यालेन्टाइनमा डेटको प्रस्ताव आएको र केहीले त प्रपोज पनि गरेको बताइन् ।

उनले प्राप्त गरेको नयाँ प्रसिद्धिमा उनका नजिकका मान्छेहरू पनि तानिएका छन् । “मेरा साथीहरू मभन्दा बढी उत्साही छन् । मेरा बुबाका सहकर्मीहरूले पनि मेरो फोटोमा चाख दिन थालेछन् । यसबारेमा कुरा बढ्न थालेपछि बुवाले यो मेरो छोरी हो भनेर चिनाउनुभएछ ।”

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top