गाडी खरिद अनियमितताबारे छानबिन समितिले प्रतिवेदन बुझायो

१६ भदौ ७६, मंगलबार

१७ भदौ, काठमाडौं ।

Advertisement

गाडी खरिदबारे छानबिन गर्न गठित संसदीय समितिले खरिदमा आर्थिक अनियमतिता नभएको निष्कर्षसहितको प्रतिवेदन सभामुख कृष्णबहादुर महारलाई बुझाएको छ।

समितिले अनियमितता भएको ठोस प्रमाण नपाइएको भन्दै खरिदलाई वैधानिकता दिने गरी तयार पारिएको प्रतिवेदन मंगलबार सभामुख महरालाई बुझाएको हो ।

Advertisement

संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रन थालेपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति बनाएका थिए।

राष्ट्रियसभाका सांसद रामनारायण बिडारी नेतृत्वको छानबिन समितिले सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाएको हो । गाडी खरिद प्रक्रिया, गाडीको पार्ट्समा भएको त्रुटि, गाडी उत्पादनको लट परिक्षणका सन्दर्भमा समितिले अध्ययन गरी प्रतिवेदनमा उल्लेख गरिएको समिति सदस्यले बताएका छन् ।

Advertisement

समितिले तयार पारेको प्रतिवेदनमा खरिद प्रक्रियामा कुनै कमजोरी नरहेको र प्राविधिक हिसाबले पनि गाडी ठीकै रहेको उल्लेख गरेको छ। प्रतिवेदन बुझाउदा सो बारे सभामुख महरालाई सभापति विडारीले सामान्य ब्रिफिङ गरेका थिए ।

समितिमा सांसदहरू कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल, भरत कुमार शाह र तारादेवी भट्ट सदस्य रहेका छन् ।

छानबिन समितिले गाडी खरिदबारे थप निर्णय गर्ने अधिकार सभामुखलाई नै दिएको छ । प्रतिवेदन बुझेपछि सभामुख महराले अध्धयन गरेर आवश्यक निर्णय लिने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top