विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन दिएनन् ।

१८ भदौ ७६, बुधबार

१८ भदौ, एजेन्सी ।

Advertisement

बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन असफल भएका छन् । बेलायती प्रधानमन्त्रीका रुपमा जोन्सनले पाएको यो पहिलो असफलता हो ।

सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन नदिएका हुन्। हाउस कमन्समा भएको मतदानमा जोन्सनले ल्याएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको छ ।

Advertisement

यसको अर्थ अब इयुबाट बेलायतको बहिर्गनको मिति पछि सार्ने सम्बन्धी बिधेयक ल्याउने सकिने छ । संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले चाँडै नै आम चुनावको घोषणा गर्न सक्ने बताएका छन् ।

लेबर पार्टीका नेता तथा संसदमा विपक्षी दलका नेता जेरोमी कोर्बिनले ब्रेक्सिटको मिति पछि सार्ने सम्बन्धी विधेयक सम्भावित चुनाव भन्दा पहिले नै पारित गर्नु पर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top