वीरगञ्जमा गोली चल्यो, एक जना घाइते

१७ भदौ ७६, बुधबार

१८ भदौ, वीरगञ्ज ।
पर्साको वीरगञ्जमा गोली चल्दा एक जना घाइते भएका छन्। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका हुन्।

Advertisement

वीरगञ्ज महानगरपालिका १३ राधेमाई चोकबाट प्रहरी टोलीले गोली प्रहार गरी फुल हसन अन्सारी समूहका सदस्य सन्तोष दास तत्मा उर्फ सत्यराज योगीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चोकमा चेकप्वाइन्ट खडा गरी चेकजाँचमा खटिएको प्रहरी टोलीमाथि राती १० बजे पैदल आएका योगीले प्रहरीलाई हतियारले ताकेर भाग्न खोजेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो।

Advertisement

जवाफी कारवाहीमा प्रहरीले चलाएको गोली योगीको दाहिने घुँडामा लागेको थियो। गोली लागेर घाइते उनलाई तत्कालै नारायणी अस्पताल लगिएको थियो।

प्रहरीले उनको साथबाट म्याग्जिनसहित टाइप ५४ मोडेलको एक थान पेस्तोल, १७ राउण्ड गोली र खैरो रंगको १७० ग्राम लागुपदार्थ बरामद गरेको छ।

Advertisement

प्रहरीका अनुसार योगी यसअघि पनि २०६४ सालमा हातहतियार मुद्दामा पुर्पक्षको लागि जेल चलान भएको र ०६६ कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ५ महिना १० दिन कैदन सजाय भुक्तान गरेका व्यक्ति हुन्।

उनले त्यतिबेला पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेको गोली प्रहार गरी हत्या गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top