बेलायतका प्रधानमन्त्रीको संसदमा एकै दिन दुई पटक हार

१८ भदौ ७६, बिहीबार

१९ भदौ, एजेन्सी ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार संसदमा एकै दिन दुई पटक हार बेहोर्नुपरेको छ ।

बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले गरेको आम चुनावको प्रस्ताव पनि असफल भएको छ ।

५ वर्ष अगावै चुनाव गराउनु परेमा सरकारले राखेको प्रस्तावमा दुई तिहाई बहुमत जुटाउनु पर्ने हुन्छ । तर प्रमुख विपक्षी लेबर पार्टीले उक्त प्रस्तावको विरोध गरेको थियो ।

Advertisement

प्रस्तावको पक्षमा २९८ सांसदहरुले मत दिए भने ५६ सांसदहरु विपक्षमा उभिए । प्रमुख विपक्षी दलका सांसदहरुले मतदानमा भाग लिएनन् । प्रधानमन्त्रीलाई दुई तिहाइ बहुमत जुटाउन ४३४ मत आवश्यक थियो ।

यसअघि सांसदहरुले बिना कुनै सम्झौता बेलायतले युरोपेली संघ छाड्न नहुने (नो डिल) ब्रेक्जिटको विपक्षमा मतदान गरेका थिए । यसरी प्रधानमन्त्री जोन्सनले राखेका दुवै प्रस्ताव संसदले एकै दिन अस्वीकार गरिदिएको छ ।

Advertisement

बेलायती प्रधानमन्त्रीको बिना सम्झौता युरोपेली संघ छाड्ने योजना अब विफल भएको छ । जोन्सनको ३१ अक्टोबर २०१९ मा बिना कुनै सम्झौता (नो डिल) युरोपेली संघ छाड्ने योजना विफल भएको हो । सांसदहरुले नो डिल ब्रेक्जिट रोक्ने गरि एउटा विधेयक (बील) पारित गरेका छन् ।

विपक्षी सांसद र सत्तारुढ टोरीकै विद्रोही सांसदहरुले नो डिल ब्रेक्जिटको विपक्षमा मतदान गरेका हुन् । बुधबार भएको मतदानमा ३२७ सांसदले नो डिल ब्रेक्जिटको विपक्ष र २९९ सांसदले पक्षमा मतदान गरेका बीबीसीले उल्लेख गरेको छ ।

यो विधेयक पारित भएसंगै प्रधानमन्त्री जोन्सनलाई ईयूसँग सम्झौता हुन नसके बहिगर्मन समय थपका लागि माग गर्न बाध्य बनाउनेछ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top