अब अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने

१८ भदौ ७६, बिहीबार

१९ भदौ, काठमाडौं ।
के तपाईंले अरुको नामको सिमकार्ड बोक्नु भएको छ ? छ भने थाहा पाइराख्नुहोस, अब अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ ।

जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको तयारी छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाइएको बताएका छन् । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरूका नामको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने ।

Advertisement

प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको बताए ।

प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले १ करोड ६६ लाख सिमकार्ड जारी गरेको छ ।

Advertisement

यीमध्ये करिब ७० प्रतिशत सिमकार्ड सम्बन्धित प्रयोगकर्ताकै नाममा रहेको प्राधिकरणको अनुमान छ । प्राधिकरणले गत साता सार्वजनिक सूचना प्रकाशन गरी सिमकार्ड आफ्नै नाममा दर्ता गर्न र मोबाइल नम्बरलाई नागरिक अधिकार एपमा लिंक गराउने विषयमा जानकारी गराएको छ ।

सरकारले ल्याउन लागेको नागरिक अधिकार नामक एप कार्यान्वयनका लागि सिमकार्ड सम्बन्धित प्रयोगकर्ताकै नाममा दर्ता गराउने अभियान सुरु गर्न लागिएको हो । प्राधिकरणका अनुसार नागरिक अधिकार एपमार्फत फोन नम्बरलाई नै नागरिकको पहिचान बनाइनेछ ।

सरकारले बजेटमा घोषणा गरेअनुरूप यही आर्थिक वर्षभित्र नागरिक मोबाइल एप सार्वजनिक गर्न लागेको हो । यो एपमा नागरिकले आफ्नो फोन नम्बरमार्फत खाता खोल्न सक्छन् ।

नागरिकले विभिन्न कार्यालयको सेवाका लागि एपमार्फत आवेदन दिन सक्नेछन् । यो एप प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गरिनेछ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top