राजीनामा घोषणा गर्दै देउवाले भने- ‘मेरो कार्यकाल सफल’

२ फागुन ७४, बिहीबार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्। बिहीबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन्। प्रधानमन्त्रीका रुपमा यो उनको चौँथो कार्यकाल हो।

देशवासीको नाममा सम्बोधन गर्दै देउवाले नयाँ सरकार दिगो शान्ति, सहमति र एकताका साथ अघि बढोस् भन्दै शुभकामना दिएका छन्।

संविधानमा तोकिएका तीनवटै तहका निर्वाचन सम्पन्न भएको र प्रदेशहरूमा समेत नयाँ सरकार बन्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले आफ्नो कार्यकाल संविधान कार्यान्वयनमा सफल रहेको बताए।

Advertisement

सफलतापूर्वक तीनवटै निर्वाचन पूरा भएको भन्दै उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम भएको भन्दै उनले खुसी व्यक्त गरे। छिमेकी मुलुकसँग समानातामा आधारित सिद्धान्त अंगिकार गरेको उनको भनाई थियो।

Advertisement

पारस्परिक सहयोगलाई नयाँ अध्यायमा लगेको भन्दै देउवाले सबैको सद्‍भाव र सहयोगमा देश अघि बढ्ने बताए।

मुलुकको दिगो विकासको ‘रोडम्याप’ तयार गरिएको भन्दै देउवाले राजस्व संकलन लक्ष्य मुताबिक नै भएको बताए। उत्पादन र रोजगार वृद्धि हुनेगरी आर्थिक विकास भएको उनको दावी छ।

सम्बोधनमा देउवाले असमानता र जोखिममा रहेका नागरिकको जीवनस्तर सुधार गर्न सरकारले ठोस पहल गर्नुपर्ने बताए। सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७० बाट ६५ बनाउने निर्णयको उनले बचाउ गरेका छन्।

राजनीतिक अवसरवाद अन्त्य हुनुपर्ने उनको भनाई छ।

बल प्रयोग नगरी निर्वाचन गरिएकोमा उनले सन्तोष व्यक्त गरे। बल प्रयोग गरिएको भए संक्रमणकाल अझ लम्बिने र हिंसा भड्किन सक्ने खतरा रहेको उनले बताए।

मन्त्रिपरिषद्को अन्तिम बैठक बसी देउवाले देशवासीका नाममा सम्बोधन गरेका थिए। सम्बोधन सकिएलगत्तै देउवा राजीनामाको पत्र बुझाउन राष्ट्रपति निवास पुगेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top