टेलिकमले ल्यायो मिस्ड कल अलर्ट सुविधा

१८ भदौ ७६, बिहीबार

१९ भदौ, काठमाडौं ।

Advertisement

नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत फोन आएको बारेमा जानकारी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत मोबाइल बन्द हुँदा या नेटवर्क नलाग्दा पनि फोन गर्ने सबैको जानकारी आउनेछ ।

Advertisement

टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र ब्याट्री सकिएर बन्द भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ ।

यो सेवा लिन *१४००# डायल गरेर दिएका विकल्प अनुसार sub mca लेखेर १४०० मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ । टेलिकमकाअनुसार यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top