१९ भदौ, काठमाडौैं ।
संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरु बीच मतान्तर देखिने गरेको छ ।
संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफुले चाहेको शब्द राख्नु पर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो ।
बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो देखियो । समितिमा संघिय निजामती सेवा सम्बन्धि मूल बिधेयकमा दफाबार छलफल चलिरहेको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावल र नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुको धारणामा मतान्तर जस्तो देखिएको हो ।
दुवै सांसदले ब्यक्त गरेको बिचारको अन्तर्य एउटै हो तर आफुले प्रयोग गरेको शब्द नै विधेयकमा राख्नु पर्ने अडान देखियो । दुवै जना सांसदले राख्नु भएको विचार ऐनको प्रस्तावनामा के के कुरा राख्ने भन्नेमा केन्द्रित थियो ।
तर एकै अर्थ लाग्ने फरक फरक शब्दको प्रयोग र आफुले प्रयोग गरेको शब्द नै विधेयकमा उल्लेख गर्नु पर्ने अडानले कहिले काही व्यक्तिगत सवाल जवाफ पनि हुन पुगेको छ ।
यस्तोमा समितिमा छालफलमा सहभागी भएका मन्त्रालयका पदाधिकारी पनि अलमलमा परेको देखिएको थियो । समितिमा यसप्रकारको छलफल बिधेयकलाई सरल र सम्बृद्ध बनाउन सहयोगी त बन्न सक्छ तर समयमा बिधेयक माथिको छलफल सकिएर सदनमा पेश हुन समय लागेको छ ।
यो बिधेयक पास नभएको कारण प्रदेश संसदले बनाउने धेरै बिधेयक रोकिएको छ ।