फिफा मैत्रीपूर्ण खेलमा पेरु एक शून्यले पराजित

फिफा मैत्रीपूर्ण खेलमा पेरु एक शून्यले पराजित

२० भदौ, एजेन्सी ।

फिफा मैत्रीपूर्ण खेलमा पेरु एक शून्यले पराजित भएको छ । शुक्रबार बिहन भएको खेलमा पेरु इक्वेडरसँग एक शून्यले पराजित भएको हो ।

न्यू जर्सीमा भएको खेलमा इक्वेडरको जितमा एरीक लियोनेल क्यास्टिलोको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४७ औं मिनेटमा कास्टिलोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि पेरुले खेलमा फर्कन निकै प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.