अर्जेन्टिना र चिली बराबरीमा रोकिए

२० भदौ ७६, शुक्रबार

२० भदौ, एजेन्सी ।

Advertisement

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएको छ ।

अमेरिकाको क्यालिफार्नियामा भएको खेलमा अर्जेन्टिनाले चिलीसँग गोलरहित बराबरी खेल्यो । स्टार खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाका पउलो डिबाला पनि चाँडै सब्च्यिुट भएका थिए ।

Advertisement

अघिल्लो खेलमा रातोकार्ड पाए पनि सस्पेन्सनमा रहेका मेस्सीले शुक्रबारको खेल गुमाएका हुन् । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा अर्जेन्टिनाले केहि दबाव बनाए पनि गोलका लागि भने दुबैले खासै राम्रो मौका सिर्जना गर्न सकेनन् ।

पुरै खेलमा अर्जेन्टिना र चिलीले एक–एक वटा प्रहार पोष्टमा पारेका थिए । तर दुवैका लागि गोलकिपर बाधक बने । खेलको अन्तिममा अर्जेन्टिनाले एउटा राम्रो गोलको अवसर पाए पनि सफल हुन सकेन र बराबरीमा रोकियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top