प्रेम प्रस्ताव अस्विकार गरेपछि किशोरीमाथि एसिड प्रहार

प्रेम प्रस्ताव अस्विकार गरेपछि किशोरीमाथि एसिड प्रहार

भदौ २०, पर्सा । वीरगञ्जको गणेशमान चौकमा शुक्रबार बिहान विद्यालय जाँदै गरेकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार गर्नुको मुख्य कारण प्रेम प्रस्ताव अस्विकार गर्नु रहेको खुलेको छ ।

१६ वर्षका सम्साद मियाले प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा खातुनमाथि एसिड प्रहार गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको हो ।

किशोरीमाथि एसिड प्रहार गर्ने १६ वर्षका सम्साद मिया पक्राउ परेका छन् भने मुख्य सहयोगी माजिद आलम अझै फरार छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.