टेष्ट मान्यताप्राप्त जिम्बावे र सिंगापुरसँग नेपालले टी–ट्वान्टी सिरिज खेल्ने

टेष्ट मान्यताप्राप्त जिम्बावे र सिंगापुरसँग नेपालले टी–ट्वान्टी सिरिज खेल्ने

२० भदौ, काठमाडौं ।

नेपालले जिम्बावे र सिंगापुरमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । ग्लोबल क्वालिफायरको तयारी स्वरुप सिंगापुरले आयोजना गरेको त्रिकोणात्मक सिरिजमा नेपालले टेष्ट मान्यता प्राप्त जिम्बावेसँग पहिलो पटक खेल्न लागेको हो ।

एकदिवसीय विश्वकप छनोटमा भने नेपालले जिम्बावेसँग खेलिसकेको भए पनि टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

सिंगापुर क्रिकेट एसोसिएसनका अनुसार त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म चल्नेछ । जसमा नेपाल, सिंगापुर र जिम्बावेले एकअर्कासँग खेल्नेछन् । त्यसपछि नेपालले अक्टोबर ५ देखि १० सम्म ओमानमा पाँच राष्ट्र सहभागी हुने टि–ट्वान्टी सिरिज खेल्नेछ ।

हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ । ओमानमा हुने सिरिजमा नेपालसहित टेष्ट राष्ट्र आयरल्यान्ड, ओमान, हङकङ र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.