सिंगापुरबाट फर्किएलगत्तै प्रचण्डले प्रधानमन्त्रीलाई भेटे

१९ भदौ ७६, शुक्रबार

२० भदौ, काठमाडौं ।

Advertisement

शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्रीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल दिउँसो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड उनलाई भेट्न प्रधानमन्त्री निवास पुगेका थिए।

भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

Advertisement

भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि, पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए। आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए।

प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए।

Advertisement

यही बीचमा प्रचण्डले अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए। दुई अध्यक्षको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top