बोक्सीको आरोपमा यातना दिने बुढाथोकि र दर्जी पक्राउ

बोक्सीको आरोपमा यातना दिने बुढाथोकि र दर्जी पक्राउ

२१ भदौ, झापा ।

बोक्सीको आरोप लगाउदै यातना दिने दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको अनारमनीमा बोक्सीको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ४० वर्षीया कुमारी बुढाथोकि र ३१ वर्षीय दिनेश दर्जीले गत भदौ १९ गते राती पौने ११ बजे एक स्थानीय २२ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै पून्यु तताएर डामेमा थिए ।

पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै उनले शुक्रबार प्रहरीलाई जानकारी दिएपछि उनीहरु दबै जनालाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । बुढाथोकी र दर्जी दुबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.