सडक संघर्षको तयारीमा रहन देउवाको निर्देशन

२२ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीविरुद्ध सडक संघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

Advertisement

नेपाली कांग्रेस अछाम काठमाण्डौ सम्पर्क मञ्चद्धारा शनिबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मुल्य मान्यतामाथि हस्तक्षेप गर्दे आएको भन्दै त्यस विरुद्धको संघर्षको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेृतत्वको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको तथा मानवअधिकार आयोग र नेपाली सेनालाई पनि आफु मातहत राख्न खोजेको उनले आरोप लगाए ।

Advertisement

उनले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीको नेपाली कांग्रेसले सदन र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी नै दिए । कार्यक्रममा कांग्रेस नेतृ आरजु देउवा राणा लगायतलाई सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top