समुद्री आँधी दक्षिण कोरियाबाट उत्तर कोरियातर्फ जाँदै

२२ भदौ, एजेन्सी । दक्षिण कोरियामा हालै आएको समुद्री आँधी उत्तर कोरियातर्फ गइरहेको छ ।

Advertisement

दक्षिण कोरियाबाट प्रवेश गरेको समुद्री आँधी लिङलिङले उत्तर कोरियाका केही शहरमा क्षति पुर्‍याएपछि उच्च सतर्कता अपनाइएको छ । देशमा अहिले आपतकाल घोषणा गरिएको छ ।

Advertisement

भारी वर्षासँगै आएको आँधीले उत्तर कोरियाका केही घरहरुमा समेत क्षति पुर्‍याएको छ भने यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ ।

यसअघि दक्षिण कोरियामा आएको सोही समुद्री आँधीले राजधानी सोलमा दुई जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

Advertisement

आँधीले बालीनाली नष्ट गर्न सक्ने र हजारौं नागरिक खाद्यान्नको अभाव झेल्न बाध्य हुने आंकलन गरिएको छ । आँधीेले पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै बाँध र जलासयका संरक्षण धमाधम गर्न थालिएको छ ।

आँधीले प्रभाव पर्ने आंकलन गरिएका शहरका स्थानियलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top