तालिवानसँगको शान्ति सम्झौता अमेरिकाद्वारा रद्द

२२ भदौ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति ट्रम्पले तालिवानी वरिष्ठ नेताहरुसँगको भेटपछि अमेरिकाले यस्तो निर्णय लिएको उल्लेख गरेका हुन् । उनले क्याम्प डेभिडमा तालिवानी वरिष्ठ नेताहरुसँग भेट वार्ता गरेको पनि बताएका छन् ।

अफगानीस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

बिस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदुत जल्मे खलीलजादले सोमबार तालिवानीसँग् वार्ता हुने मिति तय भएको बताएका थिए । तर वार्ताको एक दिन अघि नै राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँग वार्ता नगर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेको छ ।

Advertisement

प्रस्तावित सम्झौतामा अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट पाँच हजार भन्दा बढी सैनिक फिर्ता लैजाने उल्लेख गरिएको छ ।

सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी सेनाले हमला गर्न थालेपछि विद्रोहीको निशानामा परेर मारिएका तीन हजार पाँच सय भन्दा बढी विदेशी सैनिकमध्ये दुई हजार तीन सय अमेरिकी सेना रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top