नादेज्दा कपको उद्घाटन खेलमा आज नेपाल र किर्गिस्तानक भिड्दै

२२ भदौ ७६, आइतबार

२२ भदौ, विराटनगर । नादेज्दा कप फुटबलका लागि किर्गिस्तान पुगेको नेपाली महिला राष्ट्रिय टोलीले आइतबार उद्घाटन खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

१३ औँ दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा हेरिएको नादेज्दा कपमा किर्गिस्तानको काराकोलस्थित रंगशालामा नेपाल र किर्गिस्तानको खेल नेपाली समयानुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुदैछ ।

लामो समयपछि अन्तर्रा्ष्ट्रिय फुटबलमा पुनरागमन गरेको किर्गिस्तान वरीयताविहीन छ । तर नेपाल १०१ औं वरीयतामा रहेको छ ।

Advertisement

प्रतियोगितामा उपाधि दावेदार उज्वेकिस्तान र ताजकिस्तानसँग नेपालले राउन्ड रोविनको अधारमा खेल खेल्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top