२२ भदौ, एजेन्सी । युरोकप छनोटमा फ्रान्स, टर्की र पोर्चुगल विजयी भएका छन् ।
शनिबार राति भएको खेलमा फ्रान्स अल्बानीयासँग चार एकले विजयी भयो । एकतर्फी जस्तो बनेको खेलको आठौं मिनेटमा नै कोमनको गोलमा फ्रान्सले अग्रता बनायो ।
अर्को खेलमा टर्कीले एन्डोरालाई एक शून्यले हरायो । उसका जितमा एकमात्र गोल तुफानले गरेका थिए । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै नेसन्स कपको विजेता पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराएको छ ।
पोर्चुगलले ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै टस्मलाई सुरुवाती अग्रता दिलाएका थिए । समूह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ ।