यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

२२ भदौ ७६, आइतबार

२२ भदौ, काठमाडौं । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार अर्को टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल अहिले जारी छ ।

Advertisement

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना बनाइराख्न बंगलादेशमाथि जित निकाल्नै पर्ने चुनौती छ ।

यदि नेपाल बंगलादेशसँग पराजित भएमा सेमिफाइनलमा पुग्ने सम्भावना सकिने छ । पहिलो खेलमा बंगलादेशले यूएईलाई पराजित गरेको थियो ।

Advertisement

त्यसैले श्रीलंकाले यूएईलाई र नेपालले बंगलादेशलाई पराजित गरे अन्तिम खेल अगावै नेपाल र यूएई प्रतियोगिबाट बाहिरिने छन् ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो । नेपाल र बंगालादेश अहिलेसम्म आठ पटक खेलिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top