दशैको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

दशैको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

२२ भदौ, विराटनगर । नेपाल पञ्चांग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

यस वर्षको दशैँको टीका साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए ।

समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ ।

यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको गौतमले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.