सुनचाँदीको मुल्य घट्यो

२२ भदौ ७६, आइतबार

२२ भदौ, विराटनगर । आज साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

Advertisement

सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको साताको अन्तिम दिन शुक्रवार एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको हो ।

Advertisement

यस्तै, चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार चाँदी तोलामा ४० रुपैयाँ घटेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top